Section 11
गोपनीयताको अधिकार
(१) प्रत्येक बालबालिकालाई निजको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्र सम्बन्धी विषयमा गोपनीयताको अधिकार हुनेछ।
(२) कसैले पनि बालबालिकाको चरित्रमा आघात पार्ने वा निजलाई लाज, ग्लानी वा अपहेलना हुने किसिमको निजको व्यक्तिगत सूचना, विवरण, फोटो, भिडियोको सिर्जना, सूचना सङ्कलन, प्रकाशन, मुद्रण, प्रदर्शन, बिक्री वितरण वा कुनै पनि माध्यमबाट प्रवाह गर्न वा गराउन हुँदैन।
(३) बाल अदालत, प्रहरी कार्यालय, संरक्षक, अभिभावक वा अन्य निकायबाट कसूरजन्य कार्यको आरोप लागेका वा पीडित बालबालिकाको नाम थर, ठेगाना, उमेर, लिङ्ग, पारिवारिक पृष्ठभूमि, आर्थिक स्थिति, कसूर तथा त्यस सम्बन्धमा कुनै कारबाही भएको भए सो लगायत बालबालिकाको पहिचान खुल्ने विवरण गोप्य राख्नु पर्नेछ। यसरी गोप्य राखिएको बालबालिकाको विवरण कानून बमोजिम बाहेक अन्यत्र प्रयोग गरिनु हुँदैन।
तर कुनै अध्ययन वा शोध कार्यका लागि प्रकाशित गर्नु परेमा बालबालिका र निजको परिवारको नाम, थर, ठेगाना तथा अन्य पहिचान नखुल्ने गरी उमेर वा लिङ्ग मात्र उल्लेख गरी प्रकाशन गर्न सकिनेछ।